नेपाली

रादोये डोमानोभिक (फेब्रुअरी १६, १८७३ – अगस्त १७, १९०८) एक सर्बियाई लेखक, पत्रकार र शिक्षक हुन्, जो उनको उपहासात्मक लघु कथाका लागि सबैभन्दा प्रख्यात छन्।

रादोये डोमानोभिक मध्य सर्बियाको ओभ्सिश्ते गाउँमा जन्मेका थिए, उनी एक स्थानीय शिक्षक र उद्यमी मिलोश डोमानोभिक र पेर्सिद चुकिकका छोरा, पाभेल चुकिकको वंशज  र पहिलो र दोस्रो सर्बियाली विद्रोहका सैन्य कमाण्डरहरू मध्ये एक थिए |उनले बाल्यावस्था क्रागुयेभाच नजिकैको गोर्न्ये यारुशिचे गाउँमा बिताए जहाँ उनले प्राथमिक विद्यालय पढे । उनले क्रागुयेभाचको माद्यामिक विद्यालय देखी स्नातक गरे र बेलग्रेड विश्वविद्यालय मा दर्शनशास्त्र संकाय, जहाँ उनले सर्बियाली भाषा र इतिहास अध्ययन गरे।

सन् १८९५ मा डोमानोभिकले सर्बियाको दक्षिणी भागमा पर्ने पिरोटमा रहेको जुन भर्खर मात्र अटोमन साम्राज्यबाट स्वतन्त्र भएको थियो, त्यहाँ शिक्षण पोष्टमा पहिलो नियुक्ति पत्र पाए । पिरोटमा उनले याशा प्रोडानोभिक (१८७५–१९४८), शिक्षक र कार्यकर्तालाई भेटे जसले उनको राजनीतिक विचारहरुलाई आकार दिन सहयोग गरे। त्यहाँ उसले आफ्नो भावी पत्नी, नतालिया राकेटिक (१८७५–१९३९) लाई पनि भेटे जो स्रेम्स्कि कार्लोभ्चिकी गरीब विद्यालयकी शिक्षिका थिइन, जसले उनको छोटो र अशांत जीवनभर उनलाई सहयोग गरिन र जसका साथ उनका तीन बच्चाहरु थिए।

उनी विपक्षी जनताको कट्टरपन्थी पार्टीमा सामेल भएदेखि उनी ओब्रेनोभिक राजवंश प्रचलनको बिरूद्ध खडा भए र उनीको १८९५ अन्तमा भ्रान्येमा सरुवा भयो र १८९६ मा फेरि लेस्कोभाचमा सारियो। डोमानोभिकले लेखन करियर सन १८९५ मा यथार्थवादी छोटो कथा प्रकासित गरेर, उनको शिक्षन पेसा देखी नै  सुरु गरेका थिए। सन १८९८ मा सरकारको बिरूद्ध पहिलो पटक सार्वजनिक भए पछि उनी र उनकी पत्नी दुबै सार्वजनिक सेवाबाट बर्खास्त भए, र डोमानोभिक आफ्नो परिवारसँग बेलग्रेडमा बसाई सरे।

बेलग्रेडमा उनले “ज्भेज्दा“ (तारा) साप्ताहिक पत्रिका र विपक्षी राजनीतिक अखबार „ओद्येक“ (प्रतिध्वनि) मा आफ्ना साथी लेखकहरूसँग काम गर्न थाले। यस समयमा उनले “राक्षस” र “जोशको उन्मूलन” जस्ता आफ्ना पहिलो व्यंग्य कथाहरू लेख्न र प्रकाशित गर्न शुरू गरे। रादोयेको प्रसिद्धिमा उनको सबैभन्दा प्रख्यात कथाहरू, “नेता” (१९०१) र “स्त्रादिया” (१९०२) को प्रकाशनको साथ आएको थियो, जसमा उनले खुल्लम हमला गरे र राजवंशको कपट र गलत कुरा समाबेश गरेका थिए।

सन १९०३ मा एलेक्सान्डर ओब्रेनोभिकको शासनकालको अन्त पछि, डोमनोभिकले शिक्षा मन्त्रालयमा लेखकको पद प्राप्त गरे र नयाँ सरकारले उनलाई एक वर्षको विशेषज्ञतामा जर्मनी जान अनुमति दियो जुन उनले म्युनिखमा बिताए । सर्बियामा फर्केर राडोजेले समाजमा कुनै वास्तविक परिवर्तनको आभास नभएपछी उनी निराश भए। उनले आफ्नै राजनीतिक साप्ताहिक पत्रिका “स्त्रादिया” सुरू गरे जसमा उनले नयाँ लोकतन्त्रका कमजोरीहरूको आलोचना गरिरहे तर उनको लेखनमा पहिलेको जस्तो शक्ति र प्रेरणा रहेको थिएन।

रादोये डोमानोभिकको अगस्ट १७, १९०८ को मध्यरातमा क्रोनिक निमोनिया र क्षयरोगको लामो संघर्ष पछि ३५ वर्षको उमेरमा देहान्त भएको थियो । उनलाई बेलग्रेडको नयाँ चिहानमा गाडियो। उनका बाँकी अप्रकाशित कार्यहरू पहिलो विश्वयुद्ध को समयमा हराए।

साहित्यिक कार्य

राडोजे डोमानोभिकका केहि प्रख्यात कार्यहरूमा यि समावेश छन्:

  • छाप, १८९९
  • जोशको उन्मूलन, १८९९
  • नेता, १९०१
  • मृत सागर, १९०२
  • साधारण सर्बियाली गोरूको तर्क, १९०२
  • स्त्रादिया, १९०२
  • आधुनिक विद्रोह, १९०२

“रादोये डोमानोभिक” परियोजना सर्बियाई लेखक रादोये डोमानोभिकको पूर्ण कार्यहरू डिजिटलाइज गर्ने लक्ष्यका साथ भ्लादिमिर जिभानोभिक द्वारा कायम गरिएको छ र मौलिक कार्य र अनुवादहरू पढ्न संसार भरका पाठकहरूलाई सक्षम पार्ने लक्ष्य राखिएको छ। निम्न कथाहरू विशेष रूपमा परियोजनाको लागि अनुवाद गरिएको हो, र यहाँ पहिलो पटक प्रकाशित भएको छ:

“रादोये डोमानोभिक” परियोजनाको लागि दिपक रावत द्वारा अनुवादित|

 

 


[Contents of this biographical reference page were written for the “Radoje Domanović” Project with the goal of promoting the life and works of the famous Serbian satirist, Radoje Domanović, and are released into public domain. Editor]