Tag Archive | विद्रोह

साधारण सर्बियाली गोरूको तर्क

यस संसारमा अचम्मका चीजहरू हुन्छन्, र हाम्रो देश, धेरैले भने जस्तो छ, आश्चर्यले यति भरिपूर्ण रहेको छ कि ती आश्चर्यहरु पनि अब आश्चर्यजनक रहेन। यहाँ उच्च पदका व्यक्तिहरू छन् जो केहि सोच्दैनन्, र एक क्षतिपूर्ति को रूपमा, वा केहि अन्य कारणहरूले गर्दा, सामान्य किसानको गोरू, जुन अरू सर्बियाली गोरूहरू भन्दा एक थोपो पनि फरक छैन, सोच्न थाल्यो। भगवानलाई के थाहा छ के भयो जसले गर्दा यस चलाख जनावरले त्यस्तो साहसी प्रयास गर्ने आँट गर्यो, विशेष गरी जब यो प्रमाणित भइसकेको छ कि सर्बियामा यो दुर्भाग्यपूर्ण पेशाले तपाईंलाई असन्तुष्टि ल्याउँदछ। त्यसैले हामी भन्न सक्छौं यस गरिब शैतानलाई, उसको लाचारपनलाई, यो पनि थाहा थिएन कि यो प्रयास उसको मातृभूमिमा लाभदायक छैन, त्यसैले हामी उसलाई कुनै विशेष नागरिक हिम्मतका साथ सम्मान गर्दैनौं। तर गोरुले किन सोच्नुपर्दछ भन्ने कुरा अझै रहस्यमय नै छ किनकि उ मतदाता होईन, न सल्लाहकार हो, न गाउँको बुजुर्ग हो, न उ कुनै गोजातीय सभाको सहायकमा छनोट भएको छ वा उ (कुनै निश्चित उमेर पुगेको भए) एक सीनेटर नै हो। र के त्यो गरीब आत्माले कुनै पनि गोजातीय देशको राज्यमन्त्री बन्ने सपना देखेको थियो, उसलाई त्यो विपरित रूपमा थाहा हुनुपर्थ्यो, उसले सम्भव भएसम्म कसरी थोरै सोच्ने अभ्यास गर्नुपर्छ, केहि सुखी देशहरूमा ती उत्कृष्ट मन्त्रीहरू जस्तै, तर हाम्रो देश यस सम्बन्धमा पनि यति भाग्यशाली छैन। तर अन्त्यमा, हामी त्यो सर्बियामा रहेको एउटा गोरूले किन अरु मानिसले त्यागि सकेको प्रयासलाई अठोटका साथ लियो भनि मत्लब गर्ने। साथै, यो पनि हुन सक्छ कि उसले केवल आफ्नो प्राकृतिक प्रवृत्तिको कारण सोच्न शुरू गर्यो।

त्यसोभए, यो कस्तो किसिमको गोरू हो? एउटा साधारण गोरू, प्राणीशास्त्रले हामीलाई सिकाए जस्तै, जसको अन्य सबै गोरूहरू जस्तै टाउको, शरीर र अंगहरू छ ; उसले ठेलगाडा तान्छ, घाँसहरूमा चर्छ, नुन चाट्छ, चपाइ रहन्छ र कराई रहन्छ। उसको नाम शिवोन्या हो, खैरो गोरु।

उसले यसरी सोच्न थाल्यो। एक दिन उसको मालिकले उसलाई र उसको साथी गालोन्यालाई जुवाले बाँध्यो, गाडामा केही चोरीएका दाउरा हाल्यो र बिक्री गर्न शहरमा लग्यो। सहरमा प्रवेश गर्ने बित्तिकै उसले दाउरा बेच्यो र त्यसपछि शिवोन्या र उसको साथीलाई जुवाबाट फुकायो, उनीहरूलाई जुवामा बाँध्ने सिक्रिलाई कतै अड्कायो, तिनीहरूका अगाडि घाँस फ्याक्यो र खुसीसाथ केही पिय पदार्थहरूले ताजा पार्न एउटा सानो भट्टीमा छिर्यो। शहरमा चाडपर्व छाएको थियो, त्यसकारण त्यहाँ चारै तर्फबाट पुरुष, महिला र केटाकेटीहरू हिडि रहेका थिए। गालोन्या, जो केही हदसम्म मुर्ख भनेर अरु गोरुहरुको माझ चिनिन्छ, उसले अरु कुनै कुरा हेरेन, बरु, उ गम्भीरतामा आफ्नो खाजामै अड्कियो, पेट भर्ने गरि खायो, मस्त रमाइलो मान्दै कराउदै, र त्यसपछि आरामले पल्टेर, सुत्दै चपाउँदै थियो। त्यहाँबाट गुज्रिने ती सबै मानिसहरूलाई उसको कुनै वास्ता थिएन। उ त्यही मस्त चपाउँने र सुत्नेमै व्यस्त थियो (यो दुखको कुरा हो कि उ मानव होइन, उच्च पेशाको लागि यस्तो प्रवृत्ति भएर पनि)। तर शिवोन्याले एउटा पनि चपाउन सकेन।उसका ती कल्पनामा हरेएका आँखा र उदास अनुहारको एक झलकले देखायो की उ एउटा विचारक र एक मिठो, प्रभावशाली आत्मा हो। सर्ब मानिसहरु उसको अगाडिबाट गुज्रिदै छन्, गौरवशाली विगतका कुराले, आफ्ना नामले , आफ्नो देशको गर्व गर्दै, र यो घमण्ड उनीहरुको कडा व्यवहार र गतिले देखाउँछन्। शिवोन्याले यी सबै अवलोकन गर्यो, र अति अन्यायको कारण उसको आत्मा अचानक दुःख र पीडाले ग्रस्त बन्यो र उसले यस्तो अचानक बलिय र शक्तिशाली भावनालाई दबाउन सकेन; उ दुखले पीडाले आँखा भरि आँसु बगाई रोयो। र उसको यो असीम पीडामा, शिवोन्या सोच्न थाल्यो:

– मेरो मालिक र तिनका देशवासीहरू, यी सर्बहरु के कुरामा यति गर्व गर्छन ? किन तिनीहरु आफ्ना शिर उच्चै राख्छन् र हामीलाई चाहिँ अवहेलना र घमण्डका साथ हेर्छन्। उनीहरू आफ्नो मातृभूमिप्रति गर्व गर्दछन्, गर्व गर्दछन् कि भाग्यले उनीहरुलाई यहाँ सर्बियामा जन्मन पाए। मलाई पनि मेरी आमाले यहाँ सर्बियामा पनि जन्म दिनुभयो, र सर्बिया मेरो जन्मभूमि मात्र होइन तर मेरा बुवाको पनि हो, उनीहरुको जस्तै हाम्रा पुर्खा पनि पुरानो स्लाभिक मातृभूमिबाट यी देशमा आएका हुन। र अझै पनि हामी मध्ये कसैलाई यसमा गर्व लागेको छैन, हामी केवल आफ्नो भारी बोझ तान्ने हाम्रो क्षमतामा गर्व गर्छौं; आजसम्म, कुनै गोरूले कहिल्यै पनि जर्मन गोरूलाई भनेको छैन: “तिमी मबाट के चहान्छौ, म सर्बियाली गोरु हुँ, मेरो जन्मभूमि सर्बिया गौरवले भरिपूर्ण देश हो, मेरा सबै पुर्खाहरू यहीं जन्मिए, र यहीं, यस भूमिमा मेरा पुर्खाहरूका चिहानहरू छन्।” भगवानले नमानोस, तर हामीले यसमा कहिलै गर्व गरेनौं, यो हाम्रो दिमागमा कहिल्यै आएको थिएन, तर तिनीहरू यसमा गर्व गर्छन्। अनौंठा लोक!

यी विचारहरू लिएर, गोरुले दु: खको साथ आफ्नो टाउको हल्लायो, उसका घाँटीमा रहेको घण्टी बज्छ र जुवाको चर्याकचुरुक आवाज आउँछ। गालोन्याले आफ्नो आँखा खोल्यो, आफ्नो साथीलाई हेर्यो, र बाँ… गर्दै करायो:

– तिमीले फेरि आफ्नो मुर्ख बेहोरा देखाई हल्यौ! ए मूर्ख केही खाऊ, बोसो बढाउ, तपाईंको पट्टिहरू हेर्नुहोस् सबै टाँसिएका; यदि सोच्न को लागी राम्रो थियो, मानिसहरूले हामीलाई गोरूहरू छोड्न छैन। कुनै पनि हिसाबले हामी यति भाग्यशाली हुने थिएनौं!, आफ्नो छाती हेर करंग देखिन्छ। सोच्ने कुरा राम्रो भैदिएको भए त्यो काम नि मान्छेहरुले हामी गोरुहरुलाई दिन्थ्यो। कुनै पनि हिसाबले हामी यति भाग्यशाली हुने थिएनौं!

शिवोन्याले दयालुभावले आफ्नो साथीलाई हेर्यो, आफ्नो टाउको फर्कायो र फेरि विचारहरूमा डुब्यो।

– तिनीहरू आफ्नो गौरवशाली विगतमा गर्व गर्छन्। उनीहरूको आफ्नो कोसोभोको मैदान, कोसोभोको लडाई छ। अझ भन्नु पर्दा, के मेरो पुर्खाहरूले तेति बेला पनि खाना र हतियारहरू गाडामा लिएर तानेनन् र? हामी नभएको भए , मानिसहरुले ति कुरा आफै गर्नु पर्थ्यो। अनि त्यहाँ टर्क्सको बिरूद्ध विद्रोह पनि छ। एक भव्य, महान प्रयास, तर त्यस समयमा त्यहाँ को थिए? के ति ठाडो नाक भएका मुर्ख व्यक्ति हुन्, मेरो अगाडि घमण्ड गर्दै हिड्ने जस्तो कि यो उनीहरूको योग्यता हो, जसले विद्रोह उठायो? येहाँ, मेरो मालिकको नै उदाहरण लिउं। उ पनि नि गर्व गर्छ र त्यो बिद्रोहको बारे निकै गफ दिन्छ, खास गरी यो तथ्यको साथ कि उसको जीज्युबा साँचो नायकको रूपमा मुक्ति संग्राममा मारिए। र के यो मेरो मालिकको योग्यता हो ? उसको जीज्युबाले गर्व गर्नु सहि हो तर उसले गर्नु सहि होइन; उसको जीज्युबा मरे त्यसैले उ र उसका वंश स्वतन्त्र हुन सक्छ। यसरी उ स्वतन्त्र छ र उसले आफ्नो स्वतन्त्रता कसरी प्रयोग गर्छ? अर्कोको दाउरा चोर्छ, गाडामा बस्छ र मैले दुबैलाई तान्नुपर्छ जब की उ लगाममा मस्त सुतिरहेको हुन्छ। अब उसले आफ्नो दाउराहरू बेच्यो, रक्सी पियो, केही नि गर्दैन र आफ्नो गौरवशाली विगतको गर्व गर्छ। र यो लडाकूहरूलाई खुवाउनका निम्ति मेरा कति जना पूर्वजहरूलाई विद्रोहमा मार हानियो? र के मेरा पुर्खाहरूले त्यस समयमा हतियारहरू, तोपहरू, खाना, गोला बारुदहरू तानेनन्? र अझै हामी उनीहरूको गुणहरूमा गर्व गर्दैनौं किनभने हामी परिवर्तन भएका छैनौं; हाम्रा पुर्खाहरूले झैं धैर्यतापूर्वक र ईमान्दारीपूर्वक, हामी आज पनि आफ्नो कर्तव्य निभाउछौँ।

तिनीहरू आफ्ना पुर्खाहरूले पाएका कष्ट र पाँच सय वर्षसम्मको दासत्वमा गर्व गर्छन। मेरो आफन्तले हाम्रो अस्तित्व भर दुःख भोगेको छ, र आज पनि हामी कष्ट भोग्दैछौं र दास बनेका छौं, र त्यही पनि हामी यसको बारेमा कराउँदैनौ। तिनीहरू भन्छन कि टर्क्सले उनीहरुलाई यातना दिए, मारे र क्रूसमा टाँगे; खैर, मेरा पुर्खाहरूलाई सर्ब र टर्क्स दुवैले एकै किसिमले मारेका थिए, र पोलेका थिए, र सबै प्रकारका यातना दिइए थिए।

तिनीहरू आफ्नो धर्मप्रति गर्व गर्छन्, र पनि तिनीहरू केहिमा विश्वास गर्दैनन्। ममा र मेरा जनहरूमा के दोष छ जुन हामी इसाईहरु बीचमा स्वीकार्य हुन सक्दैनौं? तिनीहरूको धर्मले भन्छ “तिमीले चोर्नु हुँदैन” तर मेरो यो मालिक छ जो आफैं चोरीको पैसाबाट पिउंदै छ। तिनीहरूको धर्मले उनीहरूलाई आफ्ना छिमेकीहरूलाई प्रेम गर्न निर्देशन दिन्छ, र अझै उनीहरूले एक अर्कालाई हानि गर्छन्। तिनीहरूको लागि, उत्तम पुरुषहरू, सद्गुणको उदाहरण ती हुन् जसले कुनै नोक्सान गर्दैन, र पनि, कसैलाई पनि यहाँ हानि पुराउनु बाहेक कसैले राम्रो काम गरोस भन्ने चाँसो छैन। उनीहरु यति गिरेका छन् कि उनीहरुका हानि नपुर्याउने सद्गुणको उदाहरणको मोल काम नलाग्ने वस्तुभन्दा माथि छैन। गोरूले गहिरो सास बाहिर फ्याको र उसको सास सडकबको धुलो उडायो।

– र फेरी – गोरु फेरी आफ्नै दुखि सोचमा हराउँछ – यस अवस्थामा त, म र मेरो नातेदार सबै भन्दा राम्रो होइन र? मैले कसैको हत्या गरेको छैन, मैले कसैलाई कहिले बदनाम गरेको छैन, कुनै चीज चोरेको छैन, निर्दोष मानिसलाई सार्वजनिक सेवाबाट निकालेको छैन, राज्य कोषमा घाटा बनाएको छैन, नक्कली दिवालियापन घोषित गरेको छैन, मैले निर्दोष मानिसहरूलाई पक्राउ गरेको छैन, मैले कहिले साथीहरूलाई अपमान गरेको छैन, म कहिले पनि आफ्ना साँढेको सिद्धान्तको बिरूद्ध गएको छैन, म झूटो साक्षी बनेको छैन, म कहिले राज्यमन्त्री पनि थिइनँ र देशलाई कुनै किसिमले सताइन, र यो मात्र होइन, मैले कुनै नोक्सान गरेन, मलाई हानि गर्नेलाई पनि पनि राम्रो गर्छु। मेरी आमाले मलाई जन्म दिनुभयो, र तुरुन्तै, दुष्ट मानिसहरूले मेरो आमाको दूध पनि मबाट खोसे। भगवानले कमसेकम हामी गाईवस्तुहरूको निम्तिबनाउनु घाँस बनाइदिनु भएको छ, मानिसहरूका लागि होइन, तर उनीहरूले हामीलाई यसबाट पनि वञ्चित गरे। अझै त्यो पिटाई बाहेक, हामी ती मानिसको गाडाहरू तान्दछौं, तिनीहरूका खेतहरू जोत्दछौं र तिनीहरूलाई पाउरोटी खुवाउँछौं। र अझै कोही पनि हाम्रो योग्यता स्वीकार गर्दैनन् जुन हामीले मातृभूमिको लागि गर्छौं…

– वा उदाहरणको रूपमा उपवासलाई लिनुहोस्; मानिसहरुलाई धर्मले सबै भोजका दिनहरुमा उपवास बस्न भन्छ, र पनि तिनीहरू यो सानो उपवास सहन पनि तयार छैनन्, जबकि म र मेरा जनहरू हाम्रो जीवन भरि उपहास बसि रहेका छौं, जबदेखि हामीलाई आमाको स्तनको दूधबाट छुटाईयो।

गोरुले आफ्नो टाउको तल गर्यो, उ चिन्तित भएको थियो, त्यसपछि फेरि उसले शिर उठायो, रिसाएर सुँघ्यो, र यस्तो लाग्यो कि कुनै महत्त्वपूर्ण चीज उसमा फर्केर आउँदैछ। एकाएक, उसले खुशीको साथ बाँ… गरि करायो:

– ओह, मलाई अब थाहा भो, यो त्यही हुनुपर्दछ – र उसले सोच्न जारी गर्यो – यो त्यही हो; उनीहरू आफ्नो स्वतन्त्रता र नागरिक अधिकारमा गर्व गर्छन्। मैले यसमा गम्भीरतापूर्वक सोच्नु पर्छ।

र उ सोचिरह्यो, तर बाहिर निष्कर्स निकाल्न सकेन।

– तिनीहरूको यी अधिकारहरू केका लागि हुन्? यदि पुलिसले उनीहरूलाई मतदान गर्न आदेश दियो भने, उनीहरूले भोट दिन्छन्, र त्यस्तै गरी हामी सजिलै फुत्किन सक्छौं: “फु…र…!” र यदि उनीहरूलाई आदेश दिइएको छैन भने तिनीहरू मतदान गर्ने हिम्मत गर्दैनन्, राजनीति भित्रै पस्दैनन्, हामी जस्तै। तिनीहरू पनि निर्दोष भए पनि जेलमा पिटिन्छन्। कमसेकम हामी हाम्रो पुच्छर हल्लाउछौँ र कराउने गर्दछौं, र तिनीहरूसँग त् तेती नागरिक साहस पनि छैन।

र त्यो क्षण, उसको मास्टर भट्टीबाट बाहिर निस्क्यो। मातेको, चकित, आँखाहरू धमिलो, केही बुझ्न नसकिने शब्दहरू गम्भीर भई बर्बराई रहेको, उ ढलपल गर्दै गाडा तिर हिंड्यो।

हेर्नुहोस्, कसरी यो घमण्डी सन्तानले आफ्ना पुर्खाहरूको रगतले जितेको स्वतन्त्रता प्रयोग गर्दैछ? ठीक छ, मेरो मालिक जडिया र चोर हो, तर अरूले कसरी यो स्वतन्त्रता प्रयोग गर्छन्? विगतमा तिनीहरूका पुर्खाहरूको योग्यतामा गर्व गर्न केवल बेकार हो, जसमा उनीहरूले म जस्तै धेरै योगदान दिएका छन्। र हामी गोरूहरू हाम्रा पुर्खाहरूजस्तै मेहनती र उपयोगी मजदूर भइरहेका छौं। हामी गोरूहरू हौं, तर हामी आज पनि हाम्रो कठिन काम र गुणका बारे गर्व गर्न सक्छौं।

गोरूले गहिरो लामो सास लियो र जुवाको निम्ति आफ्नो घाँटी तयार गर्यो।

 

बेलग्रेडमा, १९०२|
“रादोये डोमानोभिक” परियोजनाको लागि दिपक रावत द्वारा अनुवादित, २०१९|